From dbfb143b578a9ff9bd90820991cbcf44634e736a Mon Sep 17 00:00:00 2001 From: Prajwal Raj Basnet <44965674+Prajwalrajbasnet@users.noreply.github.com> Date: Mon, 31 Oct 2022 17:15:08 +0545 Subject: [PATCH] Add missing nepali quote of thicc quote length (#3706) Prajwalrajbasnet --- frontend/static/quotes/nepali.json | 12 ++++++++++++ 1 file changed, 12 insertions(+) diff --git a/frontend/static/quotes/nepali.json b/frontend/static/quotes/nepali.json index bcbd7b68e..0bc54645e 100644 --- a/frontend/static/quotes/nepali.json +++ b/frontend/static/quotes/nepali.json @@ -606,6 +606,18 @@ "source": "लक्ष्मी प्र देवकोटा", "length": 94, "id": 100 + }, + { + "text": "अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन टेलिफोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरु बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रवाभ परेको देखिदैँन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई भोलिदरबार भन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाईं छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबार होस् कि स्यालदरबार होस् भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।", + "source": "भैरब अर्याल", + "length": 687, + "id": 101 + }, + { + "text": "यसबाहेक अरु सबै क्रियाकलापहरु हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधैँ जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेझैँ पर्सि हामी सबैले झोली बोकेर बम् भोलानाथकी जय भन्दै डाँडैडाँडा कुद्न त परोइन ? के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसाबले यसपालिका सारा काम आघौँलाई पन्छन के बेर ? यस दशकका काम अर्को दशकलाई थन्कन के बेर ? अनी बीसौँ शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरु एकाइसौँ शताब्दीका लागि डिपोजिट रहन के बेर ? यसो हुँदाहुँदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावा भोलि डुलौँला भनेर विश्राम नगरिदेओस्, जय भोलि !", + "source": "भैरब अर्याल", + "length": 660, + "id": 102 } ] }