Add missing nepali quote of thicc quote length (#3706) Prajwalrajbasnet

This commit is contained in:
Prajwal Raj Basnet 2022-10-31 17:15:08 +05:45 committed by GitHub
parent 156d8a37e4
commit dbfb143b57
No known key found for this signature in database
GPG key ID: 4AEE18F83AFDEB23

View file

@ -606,6 +606,18 @@
"source": "लक्ष्मी प्र देवकोटा",
"length": 94,
"id": 100
},
{
"text": "अब तपाईं नै भन्नोस्, भोलिवाद हटाउन टेलिफोनका बाबुको तागत चल्दो रहेछ त ! काम छिटो होस् भनेर दिनप्रतिदिन वैज्ञानिक चमत्कारहरु बढ्दै छन् । न्युयोर्कमा बोलेको कुरा न्युरोडमा सुनिने भयो, पेरिसमा हात चलाए काठमाडौँमा टेलिप्रिन्ट हुने भयो, तर भोलिवादमा कुनै प्रवाभ परेको देखिदैँन । राजर्षि महाराजका पालादेखि झन्डै आजसम्म मैले हाम्रो सिंहदरबारलाई भोलिदरबार भन्ने नाम राखेको छु । किनभने त्यहाँका एक-एक तला, एक-एक कोठा, एक-एक कुना, एक-एक टेबुल, तपाईं जहाँ जस्तो काम लिएर पुग्नुहोस्, भोलिको निम्तो नपाईं छाड्नुहुन्न । जागिर माग्नेदेखि लिएर तारिख माग्नेसम्म सबै भोलि ! सिंहदरबार होस् कि स्यालदरबार होस् भोलिवादलाई शिरोधार्य नगर्ने अड्डाअदालत पाउनु प्याज नखाने बाहुन भेट्टाउनुजस्तै गाह्रो भइसक्यो अब ।",
"source": "भैरब अर्याल",
"length": 687,
"id": 101
},
{
"text": "यसबाहेक अरु सबै क्रियाकलापहरु हाम्रा भोलिवादी छन् । भोलिवाद हाम्रो संस्कृति हो, दर्शन हो, राजनीति हो, प्रशासन हो, सामाजिक व्यवहार हो । तैपनि मेरो थोत्रो मगज यही शङ्कामा सधैँ जेलिइरहन्छ । हरेक कामकुरोमा भोलि भन्दाभन्दै भानुभक्तले भनेझैँ पर्सि हामी सबैले झोली बोकेर बम् भोलानाथकी जय भन्दै डाँडैडाँडा कुद्न त परोइन ? के बेर ! आज गरे हुने कामलाई भोलि पर्खेपछि त्यही हिसाबले यसपालिका सारा काम आघौँलाई पन्छन के बेर ? यस दशकका काम अर्को दशकलाई थन्कन के बेर ? अनी बीसौँ शताब्दीका सम्पूर्ण जिम्मेदारी र कर्तव्यहरु एकाइसौँ शताब्दीका लागि डिपोजिट रहन के बेर ? यसो हुँदाहुँदै कता पृथ्वी भोलि घुमौँला भनेर आराम नगरिदेओस्, हावा भोलि डुलौँला भनेर विश्राम नगरिदेओस्, जय भोलि !",
"source": "भैरब अर्याल",
"length": 660,
"id": 102
}
]
}